FAQs Complain Problems

वार्ड नं. ५ कृष्णपुर

अर्नमा गा.पा. वाड नं. ५ अर्नमाकाे सलहेश राजमार्ग राेडकाे दक्षिण र पूर्व भागमा पर्दछ । वि.स.२०७३/१२/१ सालमा गाउँपालिका स्थापना भएसंगै कृषणपुर साविक वडा १ देखि ९ अन्तरगत रहेका गाउँ टाेल कचहरी, कृषणपुर विर्ता, वेलदरही, वलुवा, पश्चिमवारी टाेल रडियाहा पर्दछ । यस वडा काे क्षेत्रफल ७.४२ वर्ग कि.मी रहेकाे छ । वि.स. २०६८ सालकाे जनगणना अनुसार यस वडाकाे जनसंख्या ४२७७ रहेकाे छ । यस वडाकाे पूर्व तर्फ अैारही गा.पा. पश्चिम सिरहा न.पा वडा २२ हकपारा उत्तर गाैरिपुर वडा. ४ दक्षिण हुलाकी सडक पर्दछ । यप वडामा  १ एक वटा स्वास्थ्य चाैकी ४ वटा अाधारभुत विधालय र १ वटा माध्यमिक विधालय संचालनमा रहेकाे छ । यस वडामा किन बेचका लागी कृषणपुरकाे वावा गाछीकम हटिया लागने गरेकाे छ । यस वडामा मठ मन्दिरकाे रूपमा हनुमान मन्दिर, शंकर मन्दिर, कविर मन्दिर, दुर्गा मन्दिर, लक्ष्मी नरायन मन्दिर, विषहारा मन्दिर, महादेव मन्दिर अवस्थित छ । यस वडामा अत्याधिक मानिसहरु कृषि पेशामा लागेका छन ।

 

Population: 
४२७७
Ward Contact Number: 
9843115600