FAQs Complain Problems

वार्ड नं. ३ अर्नमा

अर्नमा गाउँपालिकाकाे वडा नं. ३ साविक अर्नमा प्र.पि. गा.वि.स.काे वडा नं. ४¸ ५¸ ६¸ ७¸ ८ र ९ रहेकाे छ ‌। यस वडाको पुर्वमा सुखीपुर न.पा. पश्चिममा सिरहा न.पा., उत्तरमा वडा नं. १ महनौर र दक्षिणमा सिरहा न.पा. र अर्नमा गा.पा.को वडा नं. ५ को चारकिल्ला भित्र रहेको छ । यस वडाभित्र विभिन्न धार्मिक स्थलहरु रहेको भएपनि दुर्गा, शिव, राजदेवी लगायतका मन्दिरहरु रहेका छन । यस वडामा नै गाउँकार्यपालिकाको कार्यालय रहेको छ । यस वडामा स्वास्थ्य चौकी एउटा रहेको छ । यस वडामा विद्यालयहरुमा मा.वि. एउटा र आधारभुत विद्यालय ३ वटा  र सामुदायिक, निजि विद्यालयहरु  समेत रहेको छ । यस वडाभित्र ३ वटा हाटबजारमा लालपुर नहर चौक , अर्नमा ग्रामिण बजार र रामजानकी बजार रहेको छ । यसै वडाभित्र इलाका प्रहरी चौकी रहेको छ । यस वडाको कुल जनसंख्यामा लगभग ९५% कृषिमा नै आधारित रहेको छ । यस वडाको मुख्य बाली धान र गहुँ रहेको छ । यस वडाको यातायात हिसाबले उतरतिर लोकमार्ग १० कि.मि.पर्दछ र जिल्ला सदरमुकाम ९ कि.मि. दक्षिण पश्चिममा रहेको छ । यस वडाभित्र हिन्दु धर्म मनाउने ९९.९% रहेको छ ।

Population: 
६२७४
Ward Contact Number: 
९८१९७६५९४३ /९८०४७५६२३८