FAQs Complain Problems

संक्षिप्त परिचय

अर्नमा गाउँपालिकाको संक्षिप्त परिचय तथा पृष्ठभुमि

भौगोलिक बनोटः भुमध्यरेखा देखि  उत्तरी अक्षांश र  पुर्वी देशान्तरमा अवस्थित रहेको यस पालिकाको कुल क्षेत्रफल 37.76 वर्ग कि.मि. र यसको जनगणना 2078 अनुसार कुल जनसंख्या 28,137 (जसमा पुरुष 13,741 र महिला 14,396) रहेको छ । यो पालिका तराई क्षेत्रको समतल भुमी भएको भागमा अवस्थित रहोकाले यस पालिकामा कृषि योग्य भुमि बढि रहेको कारण यहाँका अधिकाशं मानिसहरु कृषि कार्य तथा पशुपालन गरी जिवोकार्जन गरिरहेका छन्।त्यस्तै यस पालिकामा मैनावती र सहजा नदिहरु, बिभिन्न मठमन्दिरहरु, देवी स्थानहरु, मस्जिदहरु र पोखरीहरु रहेका छन् ।  

पृष्ठभुमिः विगत राणाकालमा राणा प्रधानमन्त्री विरशमशेर राणाले नेपाललाई ३५ जिल्लामा विभाजन गरे अनुसार सप्तरी जिल्लामा पर्ने अर्नमा प्र.पि. भारतको बोर्डरमा पर्ने नेपालको लगडीगोठ गा.वि.स. देखि अर्नमा हुँदै उत्तरतर्फ टुरकिया जम्दहको बाटो भएर उदयपुर जिल्ला लगायतका पहाडी जिल्लाहरुमा मालसमान निकासी पैठारी हुँदै ठीक विचमा पर्ने अर्नमा प्र.पी. प्रमुख व्यपारिक पडाव केन्द्रको रुपमा चिनिने गर्दथ्यो । पञ्चायतकालमा पनि सोही हैसियत बोकेको यो गाउँपालिका सिरहा जिल्लाको बीचमा पर्दछ । यस गा.वि.स. को पुर्वमा गौरीपुर, सिलोर्वा पछवारी र उतरमा महनौर, दुर्गापुर, देवीपुर गा.वि.स. पर्दथ्यो । प्रत्येक गा.वि.स.को जनसंख्या भन्दा बढी रहेको तथा विचमा पर्ने भएकोले इलाका कार्यालयको स्थापना गरी इलाका केन्द्रको रुपमा राजनीतिक स्थायित्व बोकेको गा.वि.स. थियो ।

२०४६ सालमा बहुदलीय व्यवस्थाको अभयुदय पश्चात सिरहा जल्ला ५ वटा विकास क्षेत्रमा विभाजन गरियो । त्यस बेला ३ नं. क्षेत्रको उतरमा उदयपुर दक्षिणमा भारतको बीचमा पर्ने अर्नमा प्र.पि. लाई नै क्षेत्रीय सम्पर्क स्थान(कार्यालय) को रुपमा स्थापना गरीएको थियो । सो स्थापना गर्नुका कारणहरु थिएः अरु गा.वि.स. भन्दा जनसंख्या बढी हुनु, आवश्यक पुर्वाधारको रुपमा चाहिने कार्यालयहरु जस्तैः स्वास्थ्य चौकी, हुलाक कार्यालय, भेटनरी, कृषि कार्यालय र विधालयहरु आदि ।साथै करिब ३ विगहामा फैलिएको ग्रामीण बजारमा वभिन्न ठाउँ वाट आएका व्यपारीहर आ-आफ्नो व्यपार गरीरहेका थिए ।

२०७२ साल असोज ३ गते मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि देशको ७ प्रदेश अनुसार मधेश प्रदेश अन्तर्गत सिरहा जल्लामा रहेको १७ स्थानीय तह मध्ये अर्नमा गाउँपालिका साविकका महनौर, अर्नमा प्र.पि., गौरीपुर र कृष्णपुर गा.वि.स.हरुलाई मिलाएर बनाएको हो । जस्मा महनौरका साविक सबै वडा(1-9) लाई हालको वडा नं. १, अर्नमा प्र.पि.को साविक  वडा (१, २ र ३) लाई हालको वडा नं. २, अर्नमा प्र.पि.को बाँकी सबै वडा(4-9) लाई हालको वडा नं. ३, गौरीपुर गा.वि.स.को साविक सबै वडा(1-9) लाई हालको वडा नं. ४ र कृष्णपुर गा.वि.स.को साविक सबै वडा(1-9) लाई हालको वडा नं. ५ कायम गरिएको छ ।२०७४ सालमा भएको स्थानीय निर्वाचनमा यस गाउँपालिकको अध्यक्षमा ने.क.पा. माओवादी केन्द्रकाश् श्री ठकु महतो कोइरी र उपाध्यक्षमा ने.क.पा. माओवादी केन्द्रकै श्री सियावती मुखिया त्यस्तै १ नं. वडाको वडा अध्यक्षमा ने.क.पा. माओवादी केन्द्रका गफार मियाँ, २ नं. वडाको वडा अध्यक्षमा ने.क.पा. माओवादी केन्द्रका श्री गांगा महतो, ३ नं. वडाको वडा अध्यक्षमा समाजवादी फोरमका श्री महेश यादव, ४ नं. वडाको वडा अध्यक्षमा नेकपा ऐमालेका श्री धनपैत यादव र ५ नं. वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका श्री भोला मण्डल भएका थिए ।हाल 2079 सालमा भएको स्थानीय निर्वाचनमा यस गाउँपालिकको अध्यक्षमा ज.स.पा.का श्री अशोक कुमार यादव र उपाध्यक्षमा ज.स.पा.कै श्री शोभा कुमारी साह त्यस्तै १ नं. वडाको वडा अध्यक्षमा ने.क.पा. माओवादी केन्द्रका गफार मियाँ, २ नं. वडाको वडा अध्यक्षमा ने.क.पा. ऐमालेका श्री दिपेन्द्र कुमार यादव, ३ नं. वडाको वडा अध्यक्षमा ज.स.पा.का श्री महेश यादव, ४ नं. वडाको वडा अध्यक्षमा ने.क.पा. ऐमालेका श्री शिव शंकर यादव र ५ नं. वडाको वडा अध्यक्षमा ज.स.पा.का श्री मनिकलाल यादव निर्वाचित भई कार्यभार सञ्चालन गरिरहेका छन् ।